अन्तर्वाता

प्रदेश १ मा एमालेलाई जस्तो अन्यलाई सरकार बनाउन सहज छैन, सरकारको नेतृत्व एमालेकै हुन्छ : मन्त्री थापा

झापा क्षेत्र नं ४ (२) बाट प्रदेशसभामा निर्वाचित बन्नु भएको हो हिरा कुमार थापा । उहा अहिले प्रदेश १ सरकारको नव गठीत सरकारमा भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । मन्त्री थापासँग उज्यालो खवरले अहिलेको समसामयीक राजनैतिक विषयसँगै प्रदेशको कृषि, सहकारी र भूमि व्यवस्थापनका बारेमा गरिएको कुराकानी गरेको छ ।

प्रश्न : अप्ठ्यारो परिस्थितीमा मन्त्री बन्नु भएको छ । कस्तो लागीरहेको छ ?

जवाफ : सजिलोमा त जोसुकै पनि हुन्छ । अप्ठयारोलाई सहज बनाउने चाहि फरक हो । म त्यहि फरक हु । परिस्थिती अप्ठ्यारो छ भन्ने मलाई थाह छ । तर तपाईले सोचे जती पनि गाह्रो छैन । अहिले पार्टिको नेतृत्वले मलाई प्रदेशको मन्त्रीको जिम्मेवारीमा जानुपर्ने कुरा आयो । मैले सजिलो अप्ठ्यारो नहेरी आए । सजिलो छ वा अप्ठ्यारो त पछि मात्र थाह होला ।

प्रश्नः नैतिक रुपमा संसदमा अल्पमतमा हुनुहुन्छ । यस्तो बेलामा संसदमा विस्वासको मत पाउन पनि त गाह्रो होला नी ?

जवाफः यो कुरा चाहि ठीक हो । संसदमा विस्वासको मत पाउन उती सहज छैन । किनकी प्रदेशमा ५१ जनाको एमालेको प्रतिनिधीत्व अहिले ४१ मा खुम्चेको छ । संसदमा बहुमत पुर्याउन ४७ जना सांसदहरुको आवश्यक पर्छ । अंकगणित हेर्दा हामी अल्पमतमा छौ । यसमानेमा अव सरकार एक दलको मात्र बन्न सक्दैन । अहिले हामी संसदमा सबैभन्दा ठुलो दल हौ । दोस्रो दलको सांसद सख्या हामीभन्दा आदा जति मात्र छन् भनेपछि अन्य दलको साझेदारीको सरकार बनाउन हामीलाई नै सहज छ । मात्रै ७ जना माननियज्यूहरुले साथ दिए त पुगीहाल्छ । यसमा अहिले सम्मको हाम्रो हिसाव कितावमा राप्रपाबाट एक जना, लिम्बुवानबाट एक जना हाम्रै पक्षमा हुनुहुन्छ । बाँकी ५ जना अन्य कुनै दलहरुबाट आउनु हुने छ भन्ने विस्वास छ । हामी त्यसकालागि हरेक माननियज्यूहरुसँग निरन्तर छलफल पनि गरिरहेका छौ ।

प्रश्न : ती ५ जनाचाहि कुन कुन दलबाट ल्याउनु हुन्छ त , ती दलको समर्थन पनि चाहिएला ।

जवाफः संसदमा प्रतिनिधित्व गर्ने जुनसुकै पनि दल हुन सक्छ । हामीले जनादेशको सम्मान गर्ने हो । जनादेशले एमालेलाई ५ वर्ष प्रदेश सरकार हाक्न आदेश आएको छ । हामी जनताको त्यो आदेश पालना गर्ने पक्षमा छौ । एमालेबाट छुट्टिएर जानु भएका कतिपय माननियज्यूहरुले पनि दलबाटै अलग्गीएर जानु चाहि गलत रहेछ भन्ने कुराको अनुभूति गदै हुनुहुन्छ । हामी ती साथीसँग छलफल बाक्लो रुपमा गरिरहेका छौ । यसो भएमा हामीले प्रदेश सरकार हाम्रै नेतृत्वमा सहजै बनाउन सक्छौ । हामी निरन्तर प्रयास गरि रहेका छौ ।

प्रश्न : अव तपाईको मन्त्रालयको बारेमा कुरा गरौ, कृषि मन्त्रालयबाट वितरण हुने अनुदानको चुहावट कसरी नियन्त्रण गर्नु हुन्छ ?

जवाफ ः म मन्त्री भएपछि पनि यसबारेका गुनासा आएका छन् । म यसमा निकै गम्भिर भएर लागेको छु । तल्लो तहमै गएर यसको अनुगमन र निरीक्षण गर्न म आफै लाग्ने छु । म किसान पृष्ठभूमिबाट आएको हुनाले अनुदानलाई उपलब्धीसँग जोड्न म हर सम्भव लाग्ने छु । झोले किसानलाई मन्त्रालय आउने बाटो नै बन्द गर्ने र वास्तविक किसान सम्म अनुदान पुर्याउन म ‘बोल्ड’ भएर लाग्ने छु ।

प्रश्न : अनुदानलाई कसरी उत्पादनसँग जोड्ने ?

जवाफ : अनुदान केका लागि लिएको हो ? अनुदान लिएर छोरा छोरी पढाउने र विवाह गराउन पाइदैन । जेका लागि लिएको हो त्यो गर्न पर्छ । यो नगदको कुरा भयो । तर हामी नगद अनुदान भन्दा पनि प्रविधि अनुदानका बारेमा बढि केन्द्रित भएका छौ । धान उत्पादन गर्ने किसानलाई कुन प्रविधि भए बढि उत्पादन गर्न सक्नु हुन्छ , हामी त्यो प्रविधि दिन्छौ । गाई पाल्ने किसानलाई के दिदा दुध उत्पादन बढ्छ भन्नेमा हामी केन्द्रित हुने छौ । त्यसैले उनुदानलाई अव उत्पादनसँग जोड्न सहजै सकिन्छ ।

प्रश्न : उत्पादन मात्र बढेर भएन त्यसको मुल्य र बजारीकरण पनि आवश्यक पर्ला नी ?

जवाफ : पक्कै पनि , हामी अव किसानले उत्पादन गर्ने हरेक सामाग्रीको मुल्य तोक्ने गरि काम गर्दै छौ । कार्यदल गठन गरि कुन उत्पादनको कति न्यूनतम मुल्य तोक्ने भन्नेबारेमा अध्ययन हुन्छ र त्यसको रिपोर्टका आधारमा मुल्य तोक्छौ । मुल्य मात्र तोक्दैनौ हामी विभिन्न स्थानीयतहमा रहेका कृषि तथा बहुमुखी सहकारीसँगको सहकार्यमा खरिद गर्ने र भण्डारणको बारेमा पनि छलफल गर्ने छौ । यसो हुदा किसानले उत्पादन गर्ने मात्र काम गर्नु पर्छ । मुल्यको जिम्मेवारी सरकारले लिन्छ । बजारी करण सहकारी मार्फत हुने छ । यसो गर्दा सरकार -सहरकारी र सर्वसाधरण बिचको सहकार्य पनि त देखिने भयो ।

प्रश्नः भूमिको बर्गिकरण गरेर त्यसलाई कार्यान्वायनमा ल्याउन किन नसकिएको ?

जवाफ : उत्पादनको प्रमुख आधार भनेको भूमि नै हो । कुन भूमि केका लागि प्रयोग गर्ने भन्नेबारेमा सरकारले निती बनाउन पर्छ । कृषि क्षेत्र र बस्ति बिकास गर्ने गरि जमिनको बर्गिकरण गरिन पर्छ । यो काममा हामी निकै चिन्तित छौ । खेतीयोग्य जमिन पनि घडेरी बनेका छन् । बस्ति बसाइएको छ । जहाँ केहि पनि उत्पादननै हुँदैन त्यहाँ न बस्ती छ न केहि । हामी यस सम्बन्धीको अधिकार केन्द्र सरकारले दिनुपर्छ भनेर माग गरिरहेका छौ । अहिले सम्म केन्द्रले भूमि बर्गिकरण सम्बन्धीको ऐन बनाएर कार्यान्वायनमा नल्याएका कारण हामीले काम गर्न सकिरहेका छैनौ । केन्द्रसँग यो अधिकार मागेर भएपनि ल्याएर हामी भूमि बर्गिकरण गरि यसको अधिकतम् प्रयोग गरेर उत्पादन बढाउन ध्यान केन्द्रित गर्ने छौ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पदाधिकारी चयनका लागि मतदान अन्तिम चरणमा

काठमाडौं,१२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मतदान शुक्रबार केही

कडा अमेरिकी नियमका कारण इरानी टोली संकटमा

एजेन्सी,१२ असार । जारी फिफा विश्वकप फुटवल प्रतियोगितामा इरानको राष्ट्रिय टोलीले सकसपूर्ण अवस्थाको सामना गरिरहेको छ । अमेरिकाले लगाएको कडा यात्रा नियमहरूबीच प्रतिस्पर्धा गरिरहनु परेको

डिजिटल मतदान मार्फत टोली नेता छान्दै विद्यार्थी

दमक, १२ असार । अगाडि चुनावको ब्यालेट बक्स (मतपेटी) राखिएको छ, तर भित्र मतपत्र खसाल्नु भने पर्दैन। मतपेटीको ठाउँमा सजिएको छ ल्यापटप। विद्यार्थीहरू लाइनबद्ध भएर

शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं,१२ असार । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू

धान दिवसले देख्ला त किसानको पिडा ?

काठमाडौं,१२ असार । सरकारले यस वर्षको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित विविध कार्यक्रम

रास्वपाको नेतृत्व अपरिपक्व रहेको ऐन महरको टिप्पणी

काठमाडौं, १२ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाउनु