"थप अनुसन्धान जारी"

काठसहित ट्याक्टर प्रहरीको नियन्त्रणमा

 

झापाझापाको मेचीनगर नगरपालिकाबाट प्रहरीले गोलिया काठसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मे १ त ६३१९ नम्बरको ट्याक्टरलाई चेकजाँचको क्रममा गोलिया काठसहित नियन्त्रणमा लिएको हो ।

मेचीनगर नगरपालिका २ बाट १ सय ६० क्यु. फिट काठ बरामद गरिएको छ । प्रहरीले कदम र शिरिष जातको काठ नियन्त्रणमा लिएको हो ।

ट्याक्टर चालक २२ वर्षीय सर्वन राईलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापामा बुझाइएको प्रहरीले जनाएको छ ।

 

Share: