भोजपुर : भोजपुरको रामप्रसाद राई गाउँपालिका ५ मा ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खस्दा ट्याक्टर चालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार मंगलबार भएको दुर्घटनामा ट्याक्टर चालक स्थानीय १८ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।
दुर्घटनामा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।