झापामा करेन्ट लागेर एक जनाको मृत्यु

 

झापा / झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका– ४ का ४५ वर्षीय पुष्ट बहादुर कडरिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

कडरिया बुधवार बिहान ७ बजे घर नजिक सडक छेउको काभ्रा रुखमा चढेर घाँस दाउरा काट्ने क्रममा बिजुली तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका उनको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको छ ।

उता घटना बारेमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

Share:

Facebook
Twitter
Email
WhatsApp