लिङ्गखेप र सृजल पोख्रेललाई खुला ब्याडमिन्टनको उपाधि

 

झापा / झापाको बिर्तामोडमा सञ्चालन भएको चौथो कोसी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको खुलातर्पmको उपाधि संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेको छ ।

लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोजो सेटमा हराएको हो । जीतसँगै लिङ्गखेप र पोख्रेलको जोडीले ५० हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । तामाङ र खत्रीको जोडीले ३० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

झापाको बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङवाको जोडी तथा मेची ब्याडमिन्टन क्लब काकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरव दाहालको जोडी तेस्रो भयो । दुवै समूहले ७ हजार ५०० नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी ४५ वर्ष माथिको भेट्रान्सतर्फ ताप्लेजुङका मदन लिम्बू र घनेन्द्र लिम्बूको जोडीले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईको जोडीलाई २१–१४ र २१–१० को सोजो सेटमा हराउँदै उपाधि जिते । जीतसँगै उनीहरूले  ३० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । भक्तराज र प्रसाईको जोडीले १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरेको जोडी तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरीको जोडी सो स्पर्धामा तेस्रो भयो । उनीहरूले ७ हजार ५०० प्राप्त गरे ।

लायन्स क्लब अफ अनारमनी र लायन्स क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोशी प्रदेशका ८६ खेलाडी सहभागी थिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp