नक्कली नोटसहित झापाबाट दाजुभाई पक्राउ

 

विर्तामोड नेपालीसहित विभिन्न देशका नक्कली नोटसहित झापाबाट दुई युवाहरू पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-४ मेघाबारी बस्ने वर्ष २४ को सुवास ताजपुरीया र उनका भाई वर्ष १९ का प्रविण ताजुपुरीया रहेका छन् ।

उनीहरुको साथबाट लागूऔषध नाइट्राजेपाम र खैरो हिरोइन पनि बरामद भएको छ । लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा विभिन्न देशका नक्कली नोटहरू समेत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले केटिएम दैनिकलाई बताए ।

उनीहरूको घरबाट एक हजार दरको नक्कली नेपाली नोट ८८ थान, पाँच सयको दुई थान, नक्कली अष्ट्रेलियन नोट एक सयको ३ थान र अन्य देशहरूको नोट ११ थान बरामद भएको हो ।

पक्राउ परेका दाजुभाईलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp