५ सय बढिको निशुल्क मोती बिन्दुको शल्यकृया

दमक/
विर्ताज्योति आँखा अस्पताल दमक र वर्क फर नेपालसँग सहकार्यमा आँखा शिविर सम्पन्न भएको छ ।
झापा र इलामका स्थानीयतहका नागरिकहरुमा देखिने आँखा सम्बन्धीका समस्याको पहिचान गर्दै त्यसको निदान समेत गराउने गरिको शिविर सम्पन्न भएको हो ।

गत १० गते कमल गाउँपालिका स्थित आयूवेर्दिक अस्पतालमा , यस्तै ११ गते कमल गाउँपालिका वडा नं २ को स्वास्थ्य चौकी, बिर्ताज्योती आँखा उपचार केन्द्र गौरिगञ्ज ३ मा पनि सम्पन्न भइसकेको छ ।

त्यसै गरि असोज १२ गते गौरिगञ्ज गाउँपालिकाको वडा नं १ स्थित महाभाराको स्वास्थ्य चोकी र बिर्ताज्योती आँखा अस्पतालमा पनि सम्पन्न भएको छ ।


त्यसै गरि १३ गते गौरिगन्जकै विर्ताज्योती आँखा उपचार कन्द्रमै सम्पन्न भएको छ ।

शिविरमा झापाको दमक नगरपालिका, कमल र गौरिगन्ज गाउँपालिकाका साथै इलामको चुलाच्ुली गाउँपालिकाका सर्वसाधरणहरुले निशुल्क रुपमा आँखा परिक्षण साथै मोती बिन्दुको शल्यकृया पनि गरेका छन् ।

Share: