विराटनगर / श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
फागुन २५ गते बेलबारी–१ नक्सालवारीका ५७ वर्षीय हेमकर्ण महतले पत्नी देवी महतलाई मासु काट्ने दाउले काटेर मारेको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख उदय राणाले बताए ।
हत्या गरी उनी फरार भएका थिए । उनलाई पथरी शनिश्वरे नगरपालिका–१० पश्चिम बसपार्कबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घरायसी विवाद हुँदा हेमकर्णले मासु काट्ने दाउले पत्नीको शरीरका विभिन्न अंगमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
हेमकर्णका २ श्रीमति थिए । देवी जेठी हुन् । कान्छी श्रीमति छुट्टै विराटचोकमा बस्ने गरेकी थिइन् । हेमकर्ण र देवी बेलबारीमै मासु पसल गर्ने गर्थे । पक्राउ परेका हेमकर्णविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।