नेपाल तामाङ घेदुङ झापाको अध्यक्षमा जगत लोम्चन तामाङ निर्वाचित

335736336_3545053639105235_5606764841507567815_n

 

 बिर्तामोड / बिर्तामोडमा हिजो भएको सातौं जिल्ला अधिवेशनले मेचीनगर निवासी तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षद्वयमा बिर्तामोडकी फूलमाया मोक्तान तामाङ र दमककी सरिता घिसिङ तामाङ , सचिवमा भद्रपुरका मानबहादुर तामाङ, सहसचिवमा बिर्तामोडका सूर्यमान पाख्रिन र कोषाध्यक्षमा अर्जुनधाराकी पम्फादेवी तामाङ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कनकाईका चेतराज योञ्जन, मेचीनगरका विशाल घिसिङ तामाङ, बुद्धशान्तिका मानबहादुर ग्लान, भद्रपुरका बमबहादुर तामाङ, मेचीनगरका पेम्बा गोले, भद्रपुरकी इन्द्रमाया तामाङ र बिर्तामोडकी सुनिता गोले चयन भएका छन् ।

त्यसैगरी महिला सदस्यहरुमा कनकाईकी मनमाया ग्यावाक, बिर्तामोडकी निशा मोक्तान तामाङ, बिर्तामोडकी छ्योमाया तामाङ, भद्रपुरकी कृष्णकुमारी तामाङ र शिवसताक्षीकी राजकुमारी तामाङ सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाका अध्यक्ष काजीमान घिसिङको अध्यक्षता तथा नेपाल तामाङ घेदुङ संघीय सहअध्यक्ष कुमारसिंह घिसिङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष रामकुमारी तामाङले स्वागत मन्तव्य गरेकी थिइन् ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय बरिष्ठ उपाध्यक्ष रामकृष्ण ग्लोन तामाङ, संघीय सदस्य तथा झापा इञ्चार्ज पदमबहादुर ग्यावक, पूर्व केन्द्रीय सदस्य विना तामाङ, प्रदेश मूख्य सचिव तिलक पाख्रिन, भद्रपुर नगर अध्यक्ष बसन्त तामाङ, नेपाल आदिवासी जनजाति महासंघ झापा अध्यक्ष पाण्डवलाल चौधरीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव चन्द्र डुम्जन र सहसचिव सोमबहादुर तामाङले गरेका थिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन