थप अनुसन्धान जारी

श्रीमान–श्रीमती दुवैले गरे मापसे, सडकमा सुतेका बेला श्रीमती मृत फेला

death-1-750x375

 

भोजपुर /  श्रीमान–श्रीमती दुवै मादक पदार्थ सेवन गरी सडकमा सुतेका बेला श्रीमती मृत अवस्थामा फेला परेकी छन् ।

भोजपुरको षडानन्द नगरपालिका १० का ३९ वर्षीय मानबहादुर राई र उनकी श्रीमती २४ वर्षीया ललिता लिम्बू मादक पदार्थ सेवन गरी सडकमा सुतिरहेको अवस्थामा फेला परेका थिए ।

स्थानीयले देखेर खबर गरेपछि पुगेको प्रहरीले ललितालाई मृत अवस्थामा फेला पारेको थियो ।

इलाका प्रहरी कार्यालय साङपाङबाट खटिएको टोलीले घटनास्थलको अवस्था बुझेर अनुसन्धान अगाडि बढाएको छ ।

श्रीमान् मानबहादुरलाई प्रहरीले निगरानीमा राखेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत