दमक / बेपत्ता भएको ५ दिनपछि एक ८३ बर्षीया वृद्धाका शव रतुवा माई वृक्षारोपण आयोजनको जङ्गल क्षेत्रमा फेला परेको छ ।
दमक ८ स्थित घरबाट गत चैत १ गतेदेखि हराउनु भएकी एक जना ८३ बर्षीया वृद्धा गोमादेवी पौडेलको शव चुलाचुली मोडस्थित रतुवामाई वृक्षारोपण आयोजनाको वन क्षेत्रमा आइतबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।
शव सडन लागेको अवस्थामा रुखमा पासो लागेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले विभिन्न ठाउँको सि सी क्यामेराको फुटेजको आधारमा वृद्धालाई खोज्दै आएको थियो ।
पौडेल पति गोरख पौडेल र साइँलो छोराबुहारीसहित दमक ८ स्थित आफ्नै घरमा बस्दै आउनु भएको थियो । चैत १ गते दिउँसो घरका कसैलाई केही नभनी उहाँ घरबाट निस्कनु भएको र आफूहरूले निरन्तर खोजी गरेको परिवारका सदस्यहरूले जनाएका छन् ।