मुख्यमन्त्री कार्कीमाथि ओखलढुंगामा आक्रमण प्रयास

 

विराटनगर  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ।

सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन ।

स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले अवरोध गरेका थिए। सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई आन्दोलनकारीले रोकेर आक्रमणको प्रयास गरेका हुन । आन्दोलनकारीले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरेपनि प्रहरीले उनीहरुको प्रयास विफल बनाएको थियो।

कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए। मुख्यमन्त्री कार्कीले प्रदेशको नामबारे अब कुनै छलफलसमेत नहुने बतापछि पहिचान पक्षधरहरु थप आक्रोसित बनेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार

झापा, मंसिर २७ । झापाको कमल गाउँपालिका वडा न।५पाडाजुँगीमा रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ७ जना फरार भएका छन् । उपचारका लागि ल्याएका उनीहरु

सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते

दमक,२७ मंसिर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष

मोरङमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

दमक,२७ मंसिर ।  मोरङमा जंगली हात्तीको आक्रमणबाट दूध बिक्री गर्न हिँडेका पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१२ काफ्ले टोलका ६० वर्षीय भवकृष्ण घिमिरेको मृत्यु