मुख्यमन्त्री कार्कीमाथि ओखलढुंगामा आक्रमण प्रयास

cm-gadi

 

विराटनगर  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमणको प्रयास भएको छ।

सोमबार विभिन्न कार्यक्रममा सहभागी हुन ओखलढुङ्गा पुगेका मुख्यमन्त्री कार्कीमाथि प्रदेशको नाम कोशीको विरोधमा आन्दोलन गरिरहेका असन्तुट पक्षले आक्रमणको प्रयास गरेका हुन ।

स्थानीयबासीका अनुसार सिद्धिचरण नगरपालिका वडा नम्बर ११ को गोरुमारे भन्जाङमा भेला भएका संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले अवरोध गरेका थिए। सिद्धिचरण नगरको वडा नम्बर १ तिर कडा सुरक्षासहितको गाडीमा जाँदै गरेका मुख्यमन्त्री कार्कीलाई आन्दोलनकारीले रोकेर आक्रमणको प्रयास गरेका हुन । आन्दोलनकारीले मुख्यमन्त्री चढेको गाडीमा आक्रमण प्रयास गरेपनि प्रहरीले उनीहरुको प्रयास विफल बनाएको थियो।

कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा लगाइएको राष्ट्रिय झन्डा थुतेका थिए। मुख्यमन्त्री कार्कीले प्रदेशको नामबारे अब कुनै छलफलसमेत नहुने बतापछि पहिचान पक्षधरहरु थप आक्रोसित बनेका छन ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको