झापा : झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ का १९ वर्षीय मुस्कान लिम्बु र २३ वर्षीया स्वस्तिका लिम्वुलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय झिलझिलेबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।