दमक/
दमक नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले विभिन्न समिती संयोजकहरुको टुङ्गो लगाएको छ ।
लामो समय देखी समितीहरुको नेतृत्व चयनमा विवाद भएका कारणले समिती बन्न सकेका थीएनन् ।
आज नगरको कार्यपालिकाको बैठकले नगरको स्वामित्वमा रहेको दमक अस्पताल, नगरको प्रवक्ता,शिक्षा समितीका साथै खेलकुद समिती पनि निर्माण गरेको छ ।
दमक अस्पताल व्यवस्थापन समितीको अध्यक्षका नगर प्रमुख राम कुमार थापा रहनु भएको छ । यसमा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले समेत नेतृत्व गर्ने दावि गर्दै आउनु भएको थियो ।
यस्तै नगरको प्रवक्तामा वडा नं ८ का वडाध्यक्ष धर्म प्रसाद दाहाल (दिपेश)लाई जिम्मेवारी दिइएको छ । यसमा दाहालले लामै लबिङ गर्नुका साथै बहुमत कार्यपालिका सदस्यहरुको समर्थन जुटाएका कारण जिम्मेवारी पाउनु भयो । यो पदमा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको पनि दावि रहेको थियो ।
यस्तै शिक्षा समितीका वडा नं ९ का वडाध्यक्ष कुवेर भट्टराई चयन हुनु भएको छ । यो समितीमा पनि उप प्रमुख भट्टराईको दावि रहेको थियो ।
दुवै समितीको संयोजक यस अघीको कार्यकालमा नगरकी उप्र उप्रमुख गीता अधिकारी रहनु भएका कारण आफुमापनि त्यो बराबरको क्षमता रहेकोले ती समिती आफुले पाउनु पर्ने दावी उहाँले गर्दै आउनु भएको थियो । केहि दिन अघी उज्यालो खवरको उज्यालो संवादमा कुराकानीका क्रममा समेत उप प्रमुख भट्टराईले यस्तो बताउनु भएको थियो ।
यस्तै खेलकुद विकास समितीको संयोजकमा वडा नं ८ का नि-वर्तमान वडा सदस्य तथा पूर्व खेलाडी समेत रहनु भएका भीम केसिलाई चयन गरिएको छ ।यस अघीको कार्यकालमा समेत उहाँले यो समितीको नेतृत्व गरिसक्नु भएको छ ।
गत शनिबार उज्यालो खवरसँग कुराकानी गर्दै नगरका प्रमुख थापाले केहि विषयमा आफु लचिलो हुने र केहि विषयमा अन्य साथीहरु लचिलो हुने वातावरण बन्दै गएको र नगरमा बन्न नसकेका समितीहरु यहि हप्ता भित्रै बन्ने बताउनु भएको थियो । त्यसो भनेको तीन भित्रैमा नगर प्रमुखको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले यी समिती निर्माण गरेको हो ।