Search
Close this search box.
"दमकका कुरा"

 

दमक/
दमक नगरपालिकाको मिश्रित चुनावी परिणाम आएपछि यसलाई लिएर नगरको कार्यपालिका र नगर सभामा निकै भनाभन हुन्थ्यो ।

नगरमा हुने राम्रा कामको जस कस्ले लिने र नराम्रा काममा कसलाई दोष देखाउने भन्दै प्रतिस्पर्धा निकै समय चल्यो ।

नगरको नेतृत्व राप्रपा र उप प्रमुख नेपाली काग्रेसबाट निर्वाचितहरुले गरेका छन् । १० वटा वडा रहेकोमा ७ वटामा नेकपा एमालेले जीत हाँसिल गरेका छन् । यस सन्दर्भमा कार्यपालिका र नरसभामा एमालेबाट निर्वाचितहरुको संख्या धेरै छ ।

तर यो स्थानिय सरकार भएकोले यहाँ अल्पमत र बहुमत भन्दा पनि सबैको काम गर्ने क्षेत्राधिकार र जिम्मेवारी कानुनले नै तोकिदिएको छ ।
कानुनले तोकेका ती अधिकारहरु प्राप्त गर्नैकालागि पनि यहाँ समस्या र विवाद भएको भन्दै करिव १ वर्ष सम्म विषयगत समितीहरु बनेनन् । नगरको प्रवक्ता तोकिएन । यसले नगर सञ्चालन गर्न आवश्यक पर्ने स्थानिय तहको ऐन नियम बनाउन र कार्यक्रम बनाउन असहज भइरहेको थियो ।

तर अहिले अव ती समिती पनि बने । नगरको प्रवक्ता पनि तोकियो । अव कार्यपालिका र नगरसभामा पार्टि केन्द्रित भन्दा पनि जनताको मुद्धामा केन्द्रित रहेर बहस र छलफल गर्ने नवनियूक्त प्रवक्ता दिपेश दाहालले बताउनु भयो ।

उज्यालो खवरसँगको कुराकानी क्रममा अव सबै जनप्रतिनिधीको साझा एजेण्डा बन्ने र त्यहि अनुसार आफ्नो जीम्मेवारी पुरा गर्दै समृद्ध नगर बनाउनमा ध्यान केन्द्रित गर्ने उल्लेख गर्नु भएको छ ।

उहासँगको भिडियो संवादलाई यहाँ राखीएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp