झापा / झापाको कमल गाउँपालिका वडा नं ४ सितापुरमा बोलेरको ठक्करबाट मङ्गलवार राती एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गमा पूर्व तर्फ गइरहेकोे बोलेरो गाडीको ठक्करबाट कमल गाउँपालिका वडा नं. ५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो । राती १० बजे मे१ज १९४२ नम्बरको बोलेरेले राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।
राईलाई ठक्कर दिएर फरार रहेको सवारी चालकसहित सवारी साधन बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरी टोलीले चालक सहित सवारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।