"दमकको वडा नं ७ मा तालाबन्दी"

आक्रोस ‘कोशी प्रदेश’ नामाकरणको, तालाबन्दी वडा कार्यालयको

 

 

 

दमक/

कोशी प्रदेशको नामाकरणको विषयमा भइरहेको आन्दोलनले वडा कार्यालयहरु सम्म त्यसको असर देखिन थालेको छ ।

प्रदेश र वडाको छुट्टै संरचना भएपनि आन्दोलनकारीहरुले वडा कार्यालयमा तालाबन्दी गर्न थालेका हुन ।

 

कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलित संयुक्त संघर्ष समितिले आज दमक नगरपालिका वडा नं ७ को कार्यालयमा तालाबन्दी गरेका हुन ।

साथै संघर्ष समितिले वडा कार्यालयमा कालोझण्डा समेत गाडेका छन् । घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत वडा कार्यालयमा तालाबन्दी गरिएको गठित संघर्ष समितिको भनाई छ ।

 

वडा कार्यालय पुगेका आन्दोलनकारीहरुले केहि बेर प्रदेश नामकरण विरुद्ध चर्का नारावाजी गरि त्यहाँको प्रवेशद्धारमा कालोझण्डा गाड्नुका साथैं वडा कार्यालयको भवनमा तालाबन्दी गरेका थिए ।

Share: