हाँसबाट हर्ष

धानबाट मिथेन ग्याँस निस्कन्छ , विकल्पमा धान खेतमा हाँस छोड्न बिज्ञको सुझाव

 

दमक/
धेरैलाई थाह नहुन सक्छ धानबाट मिथेन ग्याँस उत्पादन हुने गर्दछ । यो मिथेन ग्याँसले पृथ्वीको ओजन तह घटाउन पनि मद्यत पुगी रहेको छ । यसले जालयावूमा असर पारीरहेको छ । अझ धान उत्पादन गर्दा प्रयोग गरिने विभिन्न विषादी मिसिएका केमिकलयूक्त औषधिले धानबाट मिथेन ग्याँस उत्पादन गर्न मद्यत पुर्यारहेको छ । तर झापामा यस्तो हुन नदिन अर्गानिक धान उत्पादन अभियान थालीएको छ । धानमा हाँस छोडेर उत्पादन गर्दा मिथेन ग्याँस उत्पादनमा कमी हुने माटोका विज्ञहरुले बताएका छन् ।

धानको जरा र पानी भए पछि श्वास प्रस्वासको प्रक्रिया हुन्छ । यस्तो बेला केही बोट कुहिने हुन सक्छ । त्यहाबाट मिथेन ग्यास निस्कने गर्छ । यसमा अझ विभिन्न केमिकल मिसिएका औषधि प्रयोग गर्दा यो क्रम झन बढ्न सक्ने हुन्छ र मिथेन ग्यास बढी निस्कने गरेको माटो बिज्ञ प्राच्य डा. चन्द्र पोखरेलले बताउनु भयो ।

मिथेन ग्यासले जलबायु परिवर्तनमा असर गर्छ । जलवायु परिवर्तन गराउने प्रमुख ग्यास मध्ये एक मिथेन हो । धानको जराबाट निस्कने मेथिने ग्याँसलाई न्यूनिकरण गर्न धान उत्पादन गर्ने तरिकामा केहि परिवतर्न गर्न आवश्यक रहेको उहाँको सुझाव रहेको छ । यसलाई न्यूनीकरण गर्न प्रतिहेक्टर धान खेतमा ३ सय ५० वटा हाँसलाई धानबारी छोड्न पर्छ । हाँसले माटोलाई चलायमान बनाइराख्छ । धानका कुनै जरा कुहिएमा ती नै हाँसले खाइदिने भएकोले पनि त्यसबाट उत्पादन हुने मिथेन ग्यासमा न्यूनिकरण हुन सक्ने उहाँको सुझाव रहेको छ ।

मिथेन, कार्वन्डाई अक्साईड, र कार्बन्मनो अक्साईड ले जलवायु परिवर्तन गर्छ । यसलाई न्यूनिकरण गर्न र धानमा आत्मनिर्भर बनाउन झापाको गौरादहमा राष्टिय खाद्य बैकले ५० बिगाह जमिनमा हाँसको प्रयोग गरेर बास्मती धान उत्पादन गरिररहेको छ । ८ सय ५० वटा हाँसलाई पहिलो चरणमा ३ बिगाह जमिनमा छोडेर खेती सुरु गरिएको बैकंका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताउनु भयो ।

तर यो भनेजस्तो त्यति सहज चाहि छैन । हाँसलाई खुल्ला रुपमा धानबारीमा छोड्दा बाहीरी अन्य जनवार तथा ठुला खालका सर्पहरुले मार्ने सम्भावना हुन्छ । यसको सुरक्षका लागि गौरादहमा खेतलाई नेट जालीले घेरेको भएपनि हाँस बढ्दै जाँदा त्यस्तो जालीले थेग्न नसकेको किसानको भनाई छ । यहाँका किसान धनन्जय चुडाले धान रोप्दा ८ सय ५० वटा हाँस छोड्नु भएको थियो । अहिले उहाँसँग ६ सय २५ वटा मात्र हाँस बचेका छन् । यी पनि अहिले हरेक दिन ४ देखी ५ वटा मरिरहेको बताउनु भयो ।

दिगो कृषी बिकासका लागि यो विधि उत्तम मानीएपनि यसमा चुनौती पनि छन् । सुरुमा जापानबाट सुरु भएको यो प्रविधि अहिले विस्व ब्यापी विस्तार हुँदै गएको छ । झापामा प्रयोग गरिएको यो तरिका चाहि चिनिया मोडल रहेको बताइएको छ । यलाई व्यवस्थि तगर्न सक्ने हो भने जलवायू परिवर्तनमा भएको उतार चढावलाई न्यूनिकरण गर्छ नै यसले अर्गानिक उत्पादन पनि बढाउन मद्यत गर्ने छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रुखबाट लडेर झापामा एक जनाको मृत्यु

झापा, १० माघ । रुखबाट लडेर झापा गाउँपालिकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बिहान १०ः३० बजे झापा गाउँपालिका वडा न.६फुलगाछी बस्ने

फेरिएको दमक बजारको चमक

दमक ९ माघ । पाँच–छ वर्ष अगाडि दमकको अवस्था सम्झिँदा आज पनि धेरैको मन भारी हुन्छ। धुलाम्मे सडक, अव्यवस्थित बजार, जताततै भीड र दुर्घटनाको डर।

दमक क्याम्पसमोडबाट आम्दा जाने सडकले दिएको सहजता

दमक,९ माघ।घरबाट बाहिर निस्किएपछि हरेक व्यक्तिको गन्तव्य सडकसँग जोडिएको हुन्छ। विद्यालय जाने विद्यार्थीदेखि कार्यालय जाने कर्मचारीसम्म, सबैको दिनको सुरुवात सडकबाट नै हुन्छ। सडक व्यवस्थित भयो