Search
Close this search box.
"हाँसबाट हर्ष"

धानबाट मिथेन ग्याँस निस्कन्छ , विकल्पमा धान खेतमा हाँस छोड्न बिज्ञको सुझाव

 

दमक/
धेरैलाई थाह नहुन सक्छ धानबाट मिथेन ग्याँस उत्पादन हुने गर्दछ । यो मिथेन ग्याँसले पृथ्वीको ओजन तह घटाउन पनि मद्यत पुगी रहेको छ । यसले जालयावूमा असर पारीरहेको छ । अझ धान उत्पादन गर्दा प्रयोग गरिने विभिन्न विषादी मिसिएका केमिकलयूक्त औषधिले धानबाट मिथेन ग्याँस उत्पादन गर्न मद्यत पुर्यारहेको छ । तर झापामा यस्तो हुन नदिन अर्गानिक धान उत्पादन अभियान थालीएको छ । धानमा हाँस छोडेर उत्पादन गर्दा मिथेन ग्याँस उत्पादनमा कमी हुने माटोका विज्ञहरुले बताएका छन् ।

धानको जरा र पानी भए पछि श्वास प्रस्वासको प्रक्रिया हुन्छ । यस्तो बेला केही बोट कुहिने हुन सक्छ । त्यहाबाट मिथेन ग्यास निस्कने गर्छ । यसमा अझ विभिन्न केमिकल मिसिएका औषधि प्रयोग गर्दा यो क्रम झन बढ्न सक्ने हुन्छ र मिथेन ग्यास बढी निस्कने गरेको माटो बिज्ञ प्राच्य डा. चन्द्र पोखरेलले बताउनु भयो ।

मिथेन ग्यासले जलबायु परिवर्तनमा असर गर्छ । जलवायु परिवर्तन गराउने प्रमुख ग्यास मध्ये एक मिथेन हो । धानको जराबाट निस्कने मेथिने ग्याँसलाई न्यूनिकरण गर्न धान उत्पादन गर्ने तरिकामा केहि परिवतर्न गर्न आवश्यक रहेको उहाँको सुझाव रहेको छ । यसलाई न्यूनीकरण गर्न प्रतिहेक्टर धान खेतमा ३ सय ५० वटा हाँसलाई धानबारी छोड्न पर्छ । हाँसले माटोलाई चलायमान बनाइराख्छ । धानका कुनै जरा कुहिएमा ती नै हाँसले खाइदिने भएकोले पनि त्यसबाट उत्पादन हुने मिथेन ग्यासमा न्यूनिकरण हुन सक्ने उहाँको सुझाव रहेको छ ।

मिथेन, कार्वन्डाई अक्साईड, र कार्बन्मनो अक्साईड ले जलवायु परिवर्तन गर्छ । यसलाई न्यूनिकरण गर्न र धानमा आत्मनिर्भर बनाउन झापाको गौरादहमा राष्टिय खाद्य बैकले ५० बिगाह जमिनमा हाँसको प्रयोग गरेर बास्मती धान उत्पादन गरिररहेको छ । ८ सय ५० वटा हाँसलाई पहिलो चरणमा ३ बिगाह जमिनमा छोडेर खेती सुरु गरिएको बैकंका कार्यकारी अध्यक्ष शंकर उप्रेतीले बताउनु भयो ।

तर यो भनेजस्तो त्यति सहज चाहि छैन । हाँसलाई खुल्ला रुपमा धानबारीमा छोड्दा बाहीरी अन्य जनवार तथा ठुला खालका सर्पहरुले मार्ने सम्भावना हुन्छ । यसको सुरक्षका लागि गौरादहमा खेतलाई नेट जालीले घेरेको भएपनि हाँस बढ्दै जाँदा त्यस्तो जालीले थेग्न नसकेको किसानको भनाई छ । यहाँका किसान धनन्जय चुडाले धान रोप्दा ८ सय ५० वटा हाँस छोड्नु भएको थियो । अहिले उहाँसँग ६ सय २५ वटा मात्र हाँस बचेका छन् । यी पनि अहिले हरेक दिन ४ देखी ५ वटा मरिरहेको बताउनु भयो ।

दिगो कृषी बिकासका लागि यो विधि उत्तम मानीएपनि यसमा चुनौती पनि छन् । सुरुमा जापानबाट सुरु भएको यो प्रविधि अहिले विस्व ब्यापी विस्तार हुँदै गएको छ । झापामा प्रयोग गरिएको यो तरिका चाहि चिनिया मोडल रहेको बताइएको छ । यलाई व्यवस्थि तगर्न सक्ने हो भने जलवायू परिवर्तनमा भएको उतार चढावलाई न्यूनिकरण गर्छ नै यसले अर्गानिक उत्पादन पनि बढाउन मद्यत गर्ने छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp