झापामा लागूऔषधसहित भारतीय नागरिक पक्राउ

 

झापा / झापामा लागूऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुलबाट ४ ग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp