‘अव रतुवाकै कारण रातभरी जागा बस्नु नपर्ला कि !’ (भिडियो रिपोर्ट)

 

दमक/
झापाको दमक २ का गणेश बहादुर पौडेललाई आकास गड्याङ गुडुङ गरेपछि डर र पीर दुवै लाग्थ्यो । किनकी उहाँको घर देखी करिव ५ सय मिटर पूर्व तर्फ रतुवा नदि छ । यो रतुवमा ठुलो पानी पर्ने बित्तिकै उर्लिएर आउने भेलले घर गाउँ बगाउने पीर उहाँमा हुन्थ्यो । रतुवा खोलाले ५६ साल देखीनै सास्ती दिदै आएको पीडा उहाँले सुनाउनु भयो ।

तर अहिले यहाँ भव्य तरिकाले रतुवाको पाता बाँध्ने काम भइरहेको छ । २०७२ साल देखीनै यहाँ नदि नियन्त्रणको कामको प्रकृया सुरु भएपनि २०७४ साल पछि यसले केहि गति लियो । अहिले यहाँ स्थाई खालको नदि नियन्त्रणको काम धमाधम भइरहेको छ । अघिल्ला वर्षको बर्खामा रातभर जागै बस्नु पर्ने दिन सम्झेकाहरु यो वर्ष चाहि आनन्दले सुत्न पाइने भयो भन्नेमा ढुक्क छन् ।

तर यहाँ यती सजीलै योजना परेर काम भएको चाहि होईन । यहि ठाउँका अर्को स्थानियबासी रुद्र श्रेष्ठका अनुसार २०७२ सालमा दमक नगरपालिकाका तत्तकालीन प्रमुख कार्यकारी अधिकृत यूवराज दाहालको चासो, त्यसबेला यहि क्षेत्रबाट निर्वाचित तथा त्यसबेलाका प्रधानमन्त्री केपि शर्मा ओली र २०७४ को निर्वाचनमा निर्वाचित दमक नगरपाकिलाका जनप्रतिनिधीहरुको निरन्तर प्रयास र पहलबाट मात्रै यो काम गर्न सम्भव भएको हो ।

त्यसो त त्यस बेलाका जनप्रतिनिधीको मात्रै भूमिका यो आयोजनाको काम गराउनमा छैन । अहिलेका नव निर्वाचित नगर प्रमुखले पनि दमकलाई बाढि तथा डुबानबाट बचाउँन पहल गरेको यहि वडाका वडाध्यक्ष प्रजापति सापकोटाको भनाई छ ।

 

यो पटकको स्थानिय तहको निर्वाचन अघी बनेको गठबन्धनको सरकारले यो आयोजनाको कामकालागि आवश्यक पर्ने बजेट कटौती गरिदिएका कारण काम रोकिरहेको बताउँदै सापकोटा भन्नु हुन्छ ‘ मंसिरमा सम्पन्न प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन पछि बनेको पहिलो सरकारले पूःन बजेट छुट्याइदिएको र पुरानो वक्यौता रकम निर्माण कम्पनीलाई भुक्तानी गरिदिएपछि अहिले कामले निरन्तर्ता पाएको छ ।

 

यो काममा त्यसबेलाका बिभागीय मन्त्री राजेन्द्र लिङदेनलाई यहाँ प्रत्यक्ष अनुगमन गराएर बजेट स्विकृत गराउनमा अहिलेका नगर प्रमुख राम कुमार थापाको भूमिका पनि रहेको वडाध्यक्ष सापकोटाले बताउनुभयो ।

दमकको उत्तरी क्षेत्र तर्फ र दक्षिणमा पूर्व पश्चिम राजमार्गको पुल हुुदै दमक, कमल , गौरादह सम्मको क्षेत्रमा पर्ने रतुवा नदिमा अहिले धमाधम तटबन्धन निर्माणको काम भइरहेको छ । जोखिमको क्षेत्रलाई पूर्वानुमान गरेर गरिएको सर्वेेक्षणका आधारमा खण्ड खण्ड गर्दै धमाधम काम भइरहेको हो ।

 

यसको स्थलगत भिडियो रिपोर्टलाई यहाँ राखीएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp