‘पैसा छैन ? उसो भए सहकारीको सदस्य बन्नुस’ : केपि ओली

 

दमक/
पछिल्लो समय सहकारी क्षेत्रमा आम नागरिकको विस्वासको अभाव बढ्दै गएका बेला पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले भने सहकारीकारीको प्रशंषा गर्नुु भएको छ ।

आज झापाको दमकमा मेचि सहकारी सस्थाले आफ्ना सदस्यहरुकालागि बनाइदिएको सामुहिक सहकारी आवासहरुको समुद्धघाटन गर्दै ओलीले भन्नु भयो‘ थोरै लगानीलाई बृहत बनाएर उत्पादन गर्न सक्ने क्षेत्र भनेको सहकारीनै हो ।’
सहकारीहरुले सही नियत राखेर लगानी गर्ने हो भने अधिकतम सदस्यहरुको जीवन परिवर्तन हुने कुरा गर्दै ओलीले भन्नु भयो ‘काम नहुनेलाई रोजगार, घर नहुनेलाई आवास, ब्यापार गर्न पुजी नहुनेलाई लगानी गरिदिने भनेकै सहकारीले हो त्यसैले पैसा छैन वा थोरै पैसा छ तर धेरै काम गर्नु पर्ने छ भने सहकारीको सदस्य बन्नुस’
उहाँले दमकका तुलसी सहकारीका पीडितहरुको डेलिगेसन आफुसम्म पनि आइपुगेको भन्दै सस्था समुहले चलाई रहेको छ वा व्यक्तिले त्यसको सबै प्रृष्ठभूमि बुझेर मात्रै कारोबार गर्न अनुरोध गर्नु भयो ।
झापामा केहि सहकारीहरुले नमुना काम गरेको बताउँदै अन्य सहकारीहरुलाई पनि मुनाफा भन्दा बढि सदस्यको समृद्धिमा ध्यान दिन ओलीले आग्रह गर्नु भयो ।
यहाँ ५७ वटा घरहरु निर्माण गरेर सदस्यहरुलाई वितरण गरिएको छ ।
सस्थाको कार्यकारी अधिकृत खोम बगालेले परियोजनाको बारेमा जानकारी दिदै भन्नु भयो ‘ मेचि आवास योजना खासगरि घर बिहिन सदस्यहरुकालागि निर्माण गरिएको हो । जोसँग पैसा छ तर घर बनाउने समय छैन , जोसँगै पैसा छैन तर काम गर्ने समय छ भने त्यस्ता दुवै पक्षको आवश्यकतालाई पुर्ति गर्न यस प्रकारको परियोजना ल्याइएको हो ।’

उहाँले यहाँ जग्गाको क्षेत्रको आधारमा ४५ देखी ५२ लाख रुपैँया सम्मका घरहरु रहेको जानकारी दिनुभयो । पैसा हुनेले एक मुष्ट रकम दिएर र नहुनेले किस्ता किस्तामा तिर्ने सुविधा सहित परियोजना ल्याइएको उहाँको भनाई छ ।

बजारको चलन चल्ती मुल्य भन्दा सस्तो मुल्यमा सदस्यहरुलाई घर बनाएर दिइएको दावी गर्दै बगालेले भन्नु भयो ‘ प्रत्येक घरमा छुट्टा छुट्टै कम्पाउण्ड वालका साथमा सबै घरहरुलाई छेक्ने गरिको पर्खाल सहित मुल प्रवेशद्धारमा सुरक्षा गार्डको समेत प्रवन्ध गरेर यहाँ सुरक्षीत आवासको प्रबन्ध गरिएको छ ।’

यो परियोजना दमक ४ स्थित दाहाल प्रतिस्ठानको उत्तर तर्फ रहेको छ । पूर्व पश्चिम राजमार्गबाट करिव ७ सय मिटर उत्तर तर्फ गएपछि परियोजना स्थलमा पुग्न सकिन्छ ।
परियोजनाको पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्धघाटन गरेको भिडियोलाई यहाँ राखीएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp