महिलालाई नेतृत्वमा पुर्याउने प्रयास

दमक नगरपालिकाका महिला सदस्यहरुलाई नेतृत्व विकासको तालिम सुरु

see leads

 

दमक/
दमक नगरपालिकाका १५ जना महिला सदस्यहरुलाई चार दिने क्षमता विकास सम्बन्धीको तालिम आजबाट सुरु भएको छ ।
सि लिड्सले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा दमकका १० वटै वडाबाट निर्वाचित महिला सदस्यहरुलाई सहभागीता गराइएको छ ।

महिलाहरुलाई कार्यक्रमको प्रस्तावना तयार पार्न, योजना माग गर्न, योजना बनाउन तथा त्यसको कार्यान्वायन र समाजमा त्यसले पारेको प्रभाव कस्तो छ भन्ने कुराका बारेमा अध्ययन गर्न सहज होस भनेर यस प्रकारको तालिम दिइएको सि लिड्न कार्यक्रम झापाका प्रशिक्षक सोमराज ढकालले जानकारी दिनुभयो ।

यो तालिममा प्रत्येक वडाबाट दुई/ दुई जनालाई सहभागिता गराइएको भएको पनि ५ जना महिला सदस्य भने यस अघीको निर्वाचनबाटै निर्वाचित भइसक्नु भएकोले यो प्रारम्भीक तालिममा नराखीएको सि लिड्स कार्यक्रमकी झापा संयोजक सम्झना पोखरेलले जानकारी दिनुभयो ।

अहिले ती जनप्रतिनिधीहरुलाई यस भन्दा उच्च तहको तालिम दिइरहिएको छ ।

चार दिन सम्म सञ्चालन हुने यो तालिमपछि यहाँ सहभागी भएकाहरुले नगरपालिकामा गएर अर्को तालिममो माग गर्नु पर्ने हुन्छ । त्यो कार्यक्रम कसरी माग गर्ने भन्ने बारेमा पनि यो चार दिनको अवधिमा सिकाईने पोखरेलले बताउनु भयो ।

आजको तालिम दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले उद्धघाटन गर्नु भएको थियो ।

सि लिड्सले दमक सहित झापाका अन्य ८ वटा पालिकाका महिला सदस्यहरुको क्षमता विकास सम्बन्धी तहगत तालिम दिदै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।