Search
Close this search box.
"दमकका थुलुङको अध्यक्षतामा तदर्थ समिती "

दमक/
१५ वटा स्थानिय तह रहेको झापामा १ सय ३१ वटा वडाहरु रहेका छ्न। यहाँका सबै वडाका सचिवहरु अव एकिकृत पनि भएका छन् । संघियता कार्यान्वायन भएपछि पहिलो पटक सचिवहरुले आफ्नो छुट्टै फोरम खडा गरेका हुन ।
शनिबार झापाको दमकमा जिल्लाभरका वडा सचिवहरुले भेला भएर प्रथम जिल्ला भेला सम्पन्न गरे । यो भेला किन आयोजना गरियो ? भन्नेबारेमा दमक नगरपालिका वडा नं १ कि वडा सचिव सुचिता दुलालले प्रष्ट पार्नु भयो ।‘ वडा सचिवहरुको समान अधिकार र समान सेवा सुविधाकालागि हामी एक जुट भएका हौ । पालिका अनुसार हामीलाई विभेद छ । यसमा एकरुपता ल्याउन आवश्यक पर्ने दवाव दिन एक जुट हुनु परेको हो ।’
के यी वडा सचिव दुलालले भनेको जस्तै छ त अवस्था ? दमक नगरपालिकाका लेखा अधिकृत देवि प्रसाद कोईराला भन्नु हुन्छ खासमा पालिका त वडाका सचिवहरुले पो चलाएका छन् त । कम सेवा सुविधामा पनि नगरको कुनै शाखाको अधिकृत भन्दा बढि जिम्मेवारी पुरा गरेका वडा सचिवहरुले आफ्नो हक अधिकार स्थापीत गराउनका लागि पनि यसरी एकिकृत हुनुलाई सकरात्मकको सुरुवात भन्नु भएको छ ।

जिल्ला समन्वय समिती झापाका प्रमुख बिस्व बराल भन्नु हुन्छ नगरको विकास र समृद्धि कसरी गर्ने भन्ने कुराको लाकत राख्नेहरु एक जुट हुँदै गर्दा अव झापाको विकासको मोडलले पनि एकरुपता पाउनु पर्छ भन्ने सन्देश यस भेलाले दिनु पर्ने हुन्छ । वडाका जनप्रतिनिधीलाई कहाँ र कसरी परिचालन गर्ने भन्ने कुराको ल्याकत समेत यहि तहको कर्मचारीले गर्ने भएकोले यस्ता भेला भएर संङ्गठित हुनु सकरात्मक रहेको उहाँको भनाई थियो ।
यो प्रथम भेला रहेकोले अहिले १५ पाकिलाका प्रतिनिधी समेटेर एक तदर्थ समिती बनाइएको छ । जसको नेतृत्व दमकका भोस कुमार थुलुङले गर्नु भएको छ । थुलुङको अध्यक्षतामा निर्मित समितीका उपाध्यक्षमा विर्तामोडका टिका अधिकारी र कचनकवलका मदन भण्डारी चयन हुनु भएको छ ।
यस्तै सचिव , सह सचिव र कोषाध्यक्षमा क्रमश अर्जुनधाराका खगेन्द्र प्रसाद लिङदेन, शिवसताक्षीकी बिमल बास्कोटा र कन्काईकि कमला विस्वकर्मा चयन हुनु भएको छ ।

यस्तै सदस्यहरुमा कमलबाट अमृत कुमार शाह, गौरिष्ञ्जबाट यूवराज दाहाल, मेचिनगरबाट प्रेम पराजुली, भद्रपुरबाट मन कुमार डाँगी, हल्दिबारीबाट तुलसा खत्री , झापाबाट सुनिता सुवेदी , बुद्धशान्त्तीबाट खड्ग बहादुर सुवेदी र बाह्रदशीबाट शम्भु प्रसाद आचार्य चयन हुनु भएको छ ।

गौरादहबाट भने समितीको पहिलो बैठकबाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष थुलुङले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
थप जान्न यो भिडियो हेरौ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp