मोरङ / मोरङको बेलबारी ३ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक रामु हुमागागाईँलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार इलाका प्रहरी कार्यालय बेलबारीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक उदय शमशेर राणाले जानकारी दिए । उजुरीमा छात्राहरूले आँफूहरूमाथि पटकपटक दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
शिक्षक हुमागाईँले जबरजस्ती आफ्नो मोटरसाइकलमा चढाएर बाटोमा दुर्व्यवहार गरेको, अश्लील शब्दहरू बोलेको र आँफूहरूलाई पटकपटक विभिन्न ठाँउमा घुम्न जाँउ भन्ने गरेको पीडित विद्यार्थीहरूको आरोप छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।