" घरायसी ग्यासको सुरक्षीत प्रयोग गर्ने सम्बन्धी सचेतना"

एल पि ग्यासबाट आगो लागेमा कसरी बच्ने ? दमकमा ‘डेमो’ प्रदर्शन गरिदै

दमक/
पछिल्लो समय घरमा प्रयोग गरिने एल पि ग्यासको जोखिम बढेको र यसको विस्फोटन तथा यहाँबाट हुने दुर्घटनाबाट मानिसको ज्यानै जान थालेपछि यसका बिक्रेताहरुले यस सम्बन्धीको सचेतना अभियान चलाउने भएका छन् ।

ग्याँस व्यवसायी सघं दमकले भान्सामा प्रयोग गरिरे ग्याँस कसरी सुरक्षीत प्रयोग गर्ने र यसबाट उत्पन्न हुन सक्ने जोखिमबाट कसरी बच्ने भन्नेबारेमा बृहत नागरिक भेला गरेर सचेतना गर्ने भएको छ ।

दमक बसपार्कमा चैत्र १५ गते बुधबार ग्याँसमा आगोलागीहालेमा कसरी बच्ने र अन्य जोखिम कम गराउने भन्नेबारेको प्रत्यक्ष प्रर्दशन गरिने ग्याँस व्यवसायी सघं दमकका अध्यक्ष तीलक डाँगीले जानकारी दिनुभयो ।

स्काण्उटमा आवद्ध भएर यस्ता जोखिमबाट बच्ने तरिकाको तालिम लिएका प्रशिक्षक किरण बुढाथोकीको टिमले यहाँ ग्यासबाट आगो लागेको र यसबाट बच्ने उपायको ‘डेमो’ प्रदर्शन गर्नु हुने छ ।

विषेश गरि एल पि ग्यासको प्रयोग गर्ने गृहणी तथा अन्य उपभोक्ताहरुलाई अनिवार्य उपस्थितीकालागि अनुरोध गरिएको छ ।
बुधबार मद्यान्न १२ बजे प्रर्दशनीको कार्यक्रम राखीएको छ । यो कार्यक्रममा दमक नगरपालिकाले पनि सहकार्य गरेको बताइएको छ ।

Share: