दमक /
अखिल नेपाल महिला संघ दमक नगर कमिटीले नया नेतृत्व प्राप्त भएको छ ।
कमिटीको एघारौ नगर सम्मेलनले नया नेतृत्व चयन गरेको हो ।
जसको अध्यक्षमा सीता कार्कीलाई सर्बसम्मत निर्वाचित गरिएको छ । अध्यक्षमा आकांक्षा राख्नु हुने मुना सिग्देल गौतमलाई सहमतिमा ल्याएर कार्कीलाई अध्यक्ष बनाईएको अध्यक्ष मन्डलका अध्यक्ष नेत्र दाहालले जानकारी दिनु भयो ।
यस्तै उपाध्यक्षमा देवि माया गौतम चयन हुनु भएको छ । आज सचिव पदमा भएको निर्वाचनमा पार्वता ढकाललाई पराजित गर्दै चन्द्रकला बिक निर्वाचित हुनुभएको छ ।
बिकले ७० र ढकालले ५० मत प्राप्त गरेर आजको सचिव पदको निर्वाचन सम्पन्न भएको हो ।
यस्तै सह सचिवमा तारा न्यौपाने पाठक र कोषाध्यक्षमा नर्वदा गौतम अधिकारी चयन हुनु भएको छ ।
यो कमिटी २७ सदस्यको रहेको छ ।