दमकमा बाल अस्पताल सञ्चालनमा आउँदै ,चैत्र १९,२० र २१ गते बृहत स्वास्थ्य शिविर हुने (भिडियोमा हेरौ अस्पताल कस्तो छ )

 

दमक/
काठमाडौ उपत्यका बाहिर पहिलो पटक बालबालिका  सम्बन्धीको विषेश अस्पताल झापाको दमकका सञ्चालन हुदै छ ।
दमक स्थित रेडक्रस भवनमा बनेको यो अस्पतालमा बालबालिका सम्बन्धीका विषेशज्ञहरुको सेवा रहने छ ।

अस्पतालको ओपिडी सेवा सुरु गरेको सन्देश दिन अस्पतालले तीन दिन बृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
चैत्र १९ देखी २१ गते सम्म नेपालका मुटु र बालबालिका सम्बन्धीका ‘टप’ डाक्टरहरुको उपस्थितीमा शिविर सञ्चालन हुने छ ।
सोहि प्रकृति र क्षमताका डाक्टरहरुको ‘टिम’ले यो अस्पताल सञ्चालन गरेको हो ।

यो अस्पतालको नाम कि ओच बाल अस्पताल रहने छ । रेडक्रससँग ३० वर्ष सम्मकालागि भवन प्रयोग गर्ने सम्झौता गरिएको छ । ३० वर्षपछि यो अस्पताल स्वःत रेडक्रसको रहने गरि सम्झौता भएको छ ।

काठमाडौ इन्स्टिच्यूट अफ चाईल्ड हेल्थको नेतृत्वमा सञ्चालन हुन लागेको यो अस्पताल यहाँ आउनुमा बरिष्ठ मुटुरोग विषेशज्ञ डा. भगवान कोईरालाको योगदान रहेको छ ।

कोशी प्रदेश स्तरिय अस्पताल सञ्चालनकालागि सम्पूणर् तयारी पुरा भएको र आगामी आईतबार देखी यसको बहिरङ्ग अर्थात ओपिडि सेवा सुरु गरिने आज रेडक्रसमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो ।

बृहत स्वास्थ्य शिविर गर्दै आम नागरिकलाई अस्पताल र यसका सेवाको बारेमा जानकारी गराउनुनै शिविर आयोजना गर्नुको उद्धेस्य रहेको अस्पतालका मेडिकल सुपरिडेण्डेण्ट डा. जयमणी श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा प्रा.डा. भगवान कोइराला, प्रा.डा. रत्नमणी गजुरेल, प्रा.डा संगिता बस्नेत, प्रा.डा.देवेन्द्र श्रेष्ठ, डा. जगत घिमिरे, डा. अनिल भण्डारी, डा. सुचारिता तुलाधार, डा.समिर साक्य लगायतको टिम आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

अस्पताल कस्तो छ ? यो भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp