ब्राउन सुगरसहित तीन जना पक्राउ

 

झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागु औषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका- ४ मा रहेको एक चिया पसलबाट  ब्राउन सुगरको ‍किनवेच भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी- ९ का २३ वर्षीय विनोद श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका ६ मोरङका ३२ वर्षीय लक्ष्मी प्रसाद ढकाललाई ८ ग्राम लागु औषध ब्राउन सुगर सहित बुधवार राती सवा ८ बजे पक्राउ गरेको हो । त्यस्तै इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- १० बाट सोही ठाउँका २२ वर्षीय अशोक राजवंशीलाई १ ग्राम ब्राउन सुगरसहित बुधवार दिउँसो पक्राउ गरेको हो । ब्राउन सुगरसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp