फाल्गुनन्द बसपार्क प्रवेश मार्ग नमुना सडक बन्दै,स्थानियबासी भन्छन्‘आय आर्जन पनि बढ्ने भयो’(भिडियोमा हेरौ)

 

दमक/
दमक नगरपालिका वडा नं २ का सुवास लिम्बु फाल्गुनन्द वसपार्क प्रवेश गर्ने बाटो बनेपछि सुरक्षित आवागमन मात्रै नभएर यसले आय आर्जनमा पनि जोड्ने बताउनु हुन्छ ।

सडक राम्रो बनेपछि हिड्न, ओहोर दोहोर गर्न त सजिलो हुनेनै भयो तर यो बाटो बनेपछि चाहि गाउँ घरमा व्यापार र व्यवसाय बढ्न सक्छ । उहाँले भन्नु भयो ।

यो फाल्गुनन्द चोकबाट पूर्व फाल्गुनन्द बसपार्क प्रवेश गर्ने सडक भएकोले यहाँ दैनिक नयाँ नयाँ मानिसहरुको आवामगन हुने भएकोले पनि व्यापार व्यवसाय चल्ने अपेक्षा लिम्बुको छ ।

यो सडक निर्माण गर्न छुट्टै योजना नबनाइएको र यहाँ बन्दै गरेको वसपार्ककै परिपुरक योजना भएकोले यसकालागि छुट्टै बजेटको प्रबन्ध र ठेक्का लगाउन नपरेको यहि वडाका अध्यक्ष प्रजापति सापकोटाले बताउनु भयो ।

तर यो योजना यहाँ पार्नकालागि देखिएका विवाद सम्य पार्दै , खासगरि केन्द्रिय सरकारसँग निरन्तर डेलिकेसन गएर मात्रै यहाँ आउन सकेको उहाँको भनाई छ ।

यो आयोजनालाई वडाले एक गौरवको आयोजनाका रुपमा लिएको छ । यो बाटो बनीसकेपछि बसपार्क पनि चाँडै निर्माण सम्पन्न हुने भएकोले यसले वडाको विकास र समृद्धिमा टेवा पुग्ने विस्वास गरिएको छ ।

भिडयोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp