दमकका मेयर सहित पुर्वका उद्योगीको पुर्वाराजासग भेट ,दमकको बारेमा चासो र चिन्ता

 

दमक /
पछिल्लो समय दमक स्थित हिमालय लक्ष्मी टि स्टेटमा बस्दै आउनु भएका पुर्व राजा ज्ञानेन्द्र शाहले भेटघाट बढाउनु भएको छ ।

यहि क्रममा आज दमक नगरपालिकाका प्रमुख राम कुमार थापा सहितको टोलिले समेत उहालाई भेट गरेको छ ।

भेटमा नगरमा काम गर्न सजिलो अप्ठ्यारोको बारेमा पुर्व राजा शाहले चासो दिएर कुरा गर्नु भएको नगर प्रमुख थापाले उज्यालो खबरलाई जानकारी दिनु भयो ।

” दमकमा मेयर भएपछि काम कसरी अघि बढेको छ? दमकमा के गर्ने सोच बनाईएको छ? सोचेअनुसार काम गर्न सजिलो अप्ठ्यारो के छ ? भनेर चासो चिन्ता लिनु भयो ।” उज्यालोसग कुरा गर्दै नगर प्रमुख थापाले बताउनु भयो ।

यस्तै देशको समसामयिक बिषयमा समेत उहाले चिन्ता व्यक्त गर्नु भएको थापाले बताउनु भयो ।

भेटमा राप्रपामा आबद्ध तथा आस्था रहेका उद्योगी ,ब्यापारी ,महिला समूह, बिद्यार्थी तथा अन्य राजनैतिक नेताहरु सहभागी भएका थिए ।

करिव १० अघि मात्र राप्रपाका अध्यक्ष सहित पार्टिका शिर्ष नेताहरुलाई उहाले भेट दिनु भएको थियो ।

त्ययसबेला सामयिक राजनैतिक देशक्क वर्तमान अबस्थाका बारेमा संवाद भएको भेटमा सहभागी राप्रपा नेताहरुले बताएका थिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp