दमक/
गैर सरकारी महासघं झापाको अध्यक्षमा कृष्ण दंगाल निर्वाचित हुनु भएको छ ।
महासघंको पहिलो बैठकले दंगालको अध्यक्षतामा १६ जनाको कमिटी बनाएको छ ।
जसमा उपाध्यक्षमा ओम प्रकाश गौतम, सचिवमा बिजय तिम्सिना, सह-सचिवमा निता घतानी र कोषाध्यक्षमा मनोज घिमिरे चयन हुनु भएको छ ।
महासघंको सुक्रबार बसेको बैठकले सदस्यहरुमा राज कुमार कट्टेल, सोमनाथ तिम्सिना, भरत कुशुहकांर, देविमाया श्रेष्ठ, सिताराम खतिवडा, नारायण बज्रचार्य,लोकमाया ढुङ्गाना (सजु बुढोथोकी),गीता खतिवडा ढुङ्गाना, कृष्णकली राजबंशी र हरिमाया खड्का रहुन चयन हुनु भएको निर्वाचन मण्डलका संयोजक सोमराज ढकालले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
यसले झापाका रहेका सबै गैर सरकारी सस्थामा काम गर्ने कर्मचारीहरुको हक स्थापित गर्न र अधिकार संरक्षण गर्न कृयसिल भएर काम गर्ने जनाइएको छ ।