दमक/
झापाको कमल गाउँपालिकाका डम्बर कुमार राई मोटरसाईकल दुर्घटनामा परि घाईते हुनु भएको थियो । दमक स्थित पृथ्वी माविमा पढाएर घर फर्कदै गर्दा उहाँको दुर्घटना भएको थियो ।
दुर्घटनामा परि घाईते हुनु भएका राईको उपचार गर्नकालागि विराटनगरको एक हस्पतालमा तीन महिना सम्म राखीयो ।
तीन महिना सम्म अस्पतालमा जिउँदो मुडो शरिर रुगेर आफन्त बसे । केहि बिशेक भएपछि चिकित्सकले अव फिजियो थेरापी गर्नु भन्ने सुझाव दिए ।
सोहि सुझाव अनुसार राईलाई घर ल्याइयो । घरमा ल्याएर राख्दा सुधार नहुने भएपछि तुरुन्तै फिजियो थेरापी गर्न लगियो ।
दमकको बेलडाँगी रोडमा रहेको फिजियो केयर एण्ड रिहाव सेन्टरमा उहाँको भर्ना गरियो ।
यहाँ ल्याउँदा समेत बोल्न नसक्ने राईलाई यस रिहाव सेन्टरमा डेढ महिना राखेपछि अहिले बोल्न सक्ने हुनु भएको छ ।
दोहोरो संवाद समेत गर्न सक्ने हुनु भएका राईलाई अहिले नयाँ जीवन पाए जस्तो लागेको छ ।
यस्तै इलामका तुला कुमार फियाक र मोरङ मिक्लाजुङका उपेन्द्र चौधरी दुवै जनालाई उच्च रक्तचापका कारण शरिरको एक भाग चल्नै छोड्यो । एक्कासी शरिरको एक पाटो चल्न छोडेपछि उहाँहरु दुवैजनाले पानी खाने रित्तो गिलास त के डटपेन समेत उचाल्न सक्न छोड्नु भयो । तर उहाँहरु पनि यस रिहाव सेन्टरमा आएर उपचार गराएपछि अहिले जाती हुन थाल्नु भएको छ ।
यस रिहाव सेन्टर सेन्टरमा डम्बर कुमार राई, तुला कुमार फियाक र उपेन्द्र चौधरी जस्ता सयौ बिरामीहरु आउनु हुन्छ । हिड्नै नसक्ने । शरिरको कुनैपनि भाग नचलेका , आवाज आउन नसकेका लगायत विभिन्न प्रकारका विरामीहरु आउनु हुने गर्छन ।
हाडजोर्नीमा समस्या, नसा च्यापिएका तथा अन्य विभिन्न कारणले शरिरको कुनै पनि अङ्ग सहज सञ्चालन हुन नसकेपछि उपचार खोज्दै यहाँ आउने गर्छन । विरामीको अवस्था र आवश्यकताका आधार फिजियो थेरापीको बिधिद्धारा शारिरिक कसरत गराउनुका साथै विभिन्न उपकरणको माद्यम मार्फत उपचार गर्ने गरेको फिजियो थेरापिस्टि डा. मनोज कुमार यादवले बताउनु भयो ।
बिना साइड इफेक्ट, बिना औषधि फिजियो थेरापीका माध्यमबाट दुखाइ कम गरी सक्रिय जीवनशैलीमा फर्काउन यो बिधिले मद्दत गर्छ ।
नसा, मांसपेशी, हाडजोर्नी, स्नायु, श्वासप्रश्वास, रक्तसञ्चारमा आउने समस्यालाई फिजियो थेरापीको माध्यमबाट पुनः कार्यशैलीमा फर्काउने वा शरीरलाई पुनः चलायमान हुन सहयोग पुग्ने गरेको छ ।
भिडियोमा हेरौ ।