दमकमै बाल अस्पताल

दमकमा प्रदेश स्तरिय विशिष्टिकृत बाल अस्पताल धमाधम निर्माण हुँदै, जनवरी महिनादेखी सञ्चालन गर्ने तयारी

दमक/
दमक ७ स्थित रेडक्रस भवन । अहिले सर्प दम्स उपचार भइरहेको भवनको माथील्लो तलामा सिकर्मी र डकर्मीहरुले धमाधम काम गरिरनु भएको छ । भवनका दोस्रो र तेस्रो तलामा इटा लगाएर विभिन्न वार्डहरु बनाइरहिएको छ । यहाँ पहिलो चरणमा ५६ शैयाको बालबालिबा लक्षीत विशिष्टिकृत अस्पताल निर्माणको काम धमाधम चलिरहेको छ । ५० शैयाको अस्पताल सञ्चालन गर्नका लागि स्वास्थ्य मन्त्रालयबाट स्विकृत पनि प्राप्त भइसुक्यो ।

सुरुमा ५६ शैया सञ्चालन गरिएपनि यसलाई विस्तार गरेर ९९ शैयाको अस्पताल बनाउने तयारी भइरहेको छ । यसका लागि ३० वर्ष सम्म निशुल्क भवन दिएको छ दमक स्थित रेडक्रस सोसाइटि उप शाखा दमकले । दमकमा बालबालिकाको राम्रो र सहज सुविधा होस भन्नकालगि रेडक्रसले मानवियताको दृष्टिकोणले भवन निशुल्क उपलब्ध गराएको दमक रेडक्रस सभापति प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।


कोरोनाको जोखिम अहिले पनि छ । पहिलो भेरियेण्ट बाट पार पाइसकेको नेपालले अहिले दोस्रो भेरियेण्टको सामाना गरिरहेको छ । लगत्तै तेस्रो भेरियेण्ट आउन सक्ने चिकित्सकले चेतावनी दिइरहेका छन् । तेस्रो भेरियेण्टमा बालबालिकामा बढि संक्रमण देखिने पनि चिकित्सकहरुले बताइरहेका छन् । अहिले नै बालबालिकाका लागि गतिलो उपचार गर्ने अस्पतालको अभाव छ ।

झन कोरोनाको तेस्रो भेरियेण्ट नै आयो भने कहाँ उपचार गर्ने ? चिन्ता बढ्दै गएको छ । तर दमकमा समयमै बाल अस्पताल बन्यो भने दमक सहित प्रदेश १ भरिका नागरिलाई सहज हुने विस्वास गरिएको छ ।

अस्पताल बनाउनका लागि दमक नगरपालिकाले नितिी तथा कार्यक्रमा बजेट नै समावेश गर्ने गरि राखीएको र अन्य बाहिरी सस्थासँगको साझेदारीमा निर्माण पनि सुरु भएकोले समयमै निर्माण सम्पन्न हुनेमा विस्वस्त हुनुहुन्छ नगरपालिकाकी उप प्रमुख गीता अधिकारी । ‘ सबैसँगको समन्वय भइरहेको छ । काम गर्ने सस्था निकै संवेदनशिल छ । सस्थाको अभियानमा नगरपालिकाको साथ र सहयोग भइरहेकोले अस्पताल निर्माणले समयमै पूणर्ता पाउँछ भन्ने विस्वास छ । ’ अधिकारीले बताउनु भयो ।

बालबालिका बिरामी भएको अवस्थामा यहाँबाट भारत लैजाने गरिएको छ । प्रदेश १ मा पहिलो पटक विशिष्ट बाल अस्पताल सञ्चालनको लागि डा. कोइरालाको समुहले निर्माण गर्ने भएको हो । यहाँ बालबालिकाकाको सबै रोगको सरल उपचार गराइने बताइएको छ ।

डा. कोइरालाका अनुसार बालबालिकाको सबै सल्यकृया, आइसियू, एनआइसियू , ,सिटी स्क्यान लगायतका सुविधा यहाँ निर्माण हुने अस्पतालमा प्राप्त हुने छ । बालबालिकाको स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिलाउन अस्पतालले बालबालिकाको रोग सम्बन्धीका सबै शिशेषज्ञ सहितको समुह तयार पनि पारिसकेको उहाँले बताउनु भयो ।


डा. कोईरालाको समुहले सातै प्रदेशमा १/१ वटा बालबालिका लक्षीत अस्पताल खोल्ने अभियान नै सुरु गरेको छ । दमकमा स्थापना गरिदै गरिएको अस्पताल प्रदेश स्तरको हुने छ । प्रदेश १ का सबै अस्पतालहरुले बालबालिका उपचारकालागि आउँदा यहि अस्पताल जान विरामीलाई सल्लाह दिने गरिको अस्पताल निर्माण गरिने जनाइएको छ ।

यो अस्पताल जनवरी २ तारिख भित्रमा सञ्चालन गरिसक्ने गरि धमाधम काम भइरहेको छ । अस्पताल निर्माणका लागि आवश्य पर्ने सामाग्रीहरु विभिन्न दाता तथा सहयोगीहरुले पठाइरहेका छन् ।

अहिले अस्पतालका शैयाहरु बालबालिकाहरुले भरिएका छन् । मौसमी भाइरल बढेको भन्दै अस्पतालमा बिरामी बालबालिकाको संख्या बढेको चिकित्सकहरुले बताएका छन् । तर बालबालिकाका लाग उपचार गर्ने बेग्लै विशिष्टिकृत अस्पताल चाहि प्रदेश १ मै छैन ।

बालबालिकामा अलि ठुलो रोग लाग्यो भने कि त काठमाडौ कि त भारतका विभिन्न शहरमा रहेका अस्पतालहरुमा लैजानु पर्ने बाध्यता छ ।

यस्तो बाध्यतालाई सहज बनाउन अव बालबालिका लक्षीत बिशिष्टिकृत अस्पताल झापाको दमकमानै निर्माण सम्पन भएपछि यस्ता समस्याबाट पार पाइने यहाँका स्थानीयबासीहरुले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु