मोरङ / मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ इन्भेस्टमेन्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्राा पगाल्न थालेपछि विरोध शुरु भएको छ । समुदायबाट करिब ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो । उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्राा पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरू बताउँछन् ।
मापदण्डविपरीत समुदायको बीचमा अलकत्रा पगाल्न थालेपछि स्थानीयहरू आक्रोसित भएका छन् । गाँउघरमा भएका पशुचौपाय मर्ने र बाललबालीकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन् ।
मानव स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योग तोडफोडको आरोपमा इलाका प्रहरी कार्यलय उर्लावारीले स्थानीय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडे पनि मनोज लिम्बू र सन्तोष लिम्बू भने इलाका प्रहरी कार्यालय उर्लावारीको नियन्त्रणमा छन् ।
यता उद्योग रेखदेख गर्दै आएका इन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरे पनि स्थानीय युवा आएर तोडफोड गरेको बताए।
मापदण्डविपरीत सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनै पनि उद्योग सञ्चालनमा रोक लगाउने उर्लावारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकीले बताएका छन्।
शुरूमा च्याउ उद्योग खोल्ने भने पनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरूको भनाइ छ ।
पटकपटक विरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ । स्थानीय, जनप्रतिनिधि र निमार्ण पक्षबीच समुदायलाई असर गर्नेगरी उद्योग सञ्चालन नगर्ने सहमति भए पनि कार्यान्वयन हुन सकेको छैन ।
कानूनअनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ ।
उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ । उद्योगबाट निस्कने धुवाँले गाँउमा रहेका मानिस मात्रै होइन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुन्निने, खोकी लाग्ने जस्ता समस्या देखापरेको विद्यार्थीहरू बताउँछन् ।