" वडाबाटै न्याय प्रत्याभूति गराउने काम"

दमक १० मा मेलमिलाप केन्द्र गठन , संयोजकमा भूमिका आचार्य

 

दमक/
हरेक पालिकामा न्यायीक समिती हुन्छ । त्यो समिती अन्तर्गत रहेका वडागत मेलमिलाप केन्द्र गठन गरिन्छ । पालिकाको न्यायीक समिती पालिकाको उप प्रमुख वा उपाध्यक्ष हुने गर्छन भने मेलमिलाप केन्द्रमा मेलमिलाप सम्बन्धीको तालिम लिएका जनप्रतिनिधि संयोजक रहने गरि अन्य सदस्यहरु हुन्छन् ।

सोहि बमोमिज झापाको दमक नगरपालिका वडा नं १० मा मेलमिलाप केन्द्र गठन गरिएको छ ।
दमक नगरकी उप प्रमुख तथा न्यायीक समिती संयोजक रेगिना भट्टराई प्रसाईको प्रमुख आतिथ्यतामा गठिन दमक १० को मेलमिलाप केन्द्रको संयोजकमा वडा सदस्य भूमिका आचार्यलाई चयन गरिएको छ ।

जसको सदस्यहरुमा जीवन ढकाल, डिल्ली प्रसाद निरौला, रेजिना खनाल, शारदा न्यौपाने, रोम भण्डारी, कृष्ण कुमारी न्यौपाने, काजिमान राई, नारद भण्डारी र रघुनाथ भण्डारी रहनु भएको छ ।

उहाँहरु सबैलाई कसरी मेलमिलाप केन्द्र सञ्चालन गर्ने भन्नेबारेमा तालिम दिइसकिएको छ । यो केन्द्रमा आएर मुद्धा दर्ता गराउनेहरु वादी र प्रतिवादी दुवै पक्षलाई जीत जीतको भावना जगाएर मेलमिलाप गराउन सक्नु नै यो केन्द्रको प्रमुख दायित्व हो ।

कार्यक्रममा न्यायीक समितीका सदस्यहरु कमल श्रेष्ठ र शोभा बेल्बासेका साथै नगरपालिकाका कानुन शाखा प्रमुख माधव बस्नेत, वडाध्यक्ष राजेन्द्र भण्डारी तथा वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।

Share: