"किसानका कस्टका कुरा"

‘नक्कली कृषक देखी सावधान ’ मेयर थापा, ‘खेतीयोग्य जमिनलाई आवासमा राख्न दवाव’ अध्यक्ष न्यौपाने

 

दमक/
‘जग्गा कहाँ छ , खेती कहाँ छ, गरेको कस्ले हो , त्यो केहि थाह छैन । तर सरकारबाट किसानका नाममा लिने अनुदान तथा सहुलियतमा उसैको नाम अग्रपंत्तीमा आउँछ । ’ दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले आज दमकका केहि किसानलाई कृषि औजार प्रदान गर्दै भन्नु भयो ‘त्यस्ता नक्कली किसानदेखी सावधानी रहनु होला ।पहिचान गर्नु भएको छ भने हामीलाइ खवर गर्नुहोला ।’

किसानको कष्ट कस्तो हुन्छ भन्ने कुरा वास्तविक किसानलाई मात्रै थाह हुने र उसको मनमा लोभि पापी केहि विचार समेत नआउने भन्दै ‘मिहनत गर्नेले कसैको आश गर्दैन । आश गर्नेले मिहनत गर्दैन ’ उहाँले भन्नु भयो झोलामा किसानका फाईल बोकेर हिडेकाहरुले वास्तविक किसानको अपहेलना गरेका छन् । तीनिहरुका कारण कृषिमा सरकारले गर्न खोजेको परिवर्तनको काम पनि हुन सकेको छैन । ’ नगर प्रमुख थापाले भन्नु भयो ‘तर हामीले हाम्रो संयन्त्र र बलबुताले भ्याए सम्म असली किसानलाई छनौट गरेका छौ र केहि न केहि भएपनि सहयोग गर्ने प्रयास गरेका छौ ।’

कार्यक्रममा नगरकी उप प्रमुख रेगिना भट्टराईले कृषि क्षेत्रमा यूवाहरुको आकर्षण बढ्नुपर्नेमा जोड दिनुभयो । आफुलाई चाहिने सामाग्रीको उत्पादन आफैले गर्ने हो भने मात्रै अहिलेको जस्तो आर्थीक संकट आएपनि कुनै समस्या नपर्ने तर हर कुरामा परनिर्भरमा पर्यो भने चाहि जुन बेलापनि समस्या आउने भन्दै उत्पादन बृद्धि गर्न किसानहरुलाई सुझाव दिनु भयो ।

यस्तै वडा नं १ का वडाध्यक्ष हरि न्यौपानेले आफ्नो वडाको आदा भन्दा भाग कृषियोग्य भएपनि ती जमिनहरुलाई कृषियोग्यमा राख्न नचोहेको उल्लेख गर्नु भयो ।

यसरी बोलीमा कृषक तथा व्यवहारमा फरक भएपछि किसान र यसको उत्पादन घट्दै गएको उहाँले बताउनुभयो ।

दमक नगरपालिकाको कृषि शाखाले किसानलाई औजार वितरण गर्ने क्रममा १५ थान पावर स्प्रे र २० थान मकै छोडाउने मेसिन प्रदान गरेको थियो ।
यो कायक्रम नगरको आर्थिक विकास समिती संयोजक इन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share: