करेन्ट लागेर एक पुरुषको मृत्यु

तेह्रथुम / तेह्रथुमको लालीगुराँस नगरपालिका ७ च्याक्चेमा करेन्ट लागेर ४२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको छ ।

लसुने बजारस्थित दुर्गा तामाङको घर निर्माणको क्रममा नजिकै रहेको बिजुलीको पोलमा फलामको झम्पल ठोक्किएपछि लिम्बूलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेका लिम्बूको घटनास्थलमै मृत्यु भएको लसुने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp