जोगवनीमा गोली चल्यो, एक जना घाइते

 

सीमावर्ती क्षेत्र  जोगवनीमा गोली चल्दा  एक जना घाइते भएका छन् । नेपाल–भारत सीमा क्षेत्र दरैया नाका नजिकै  भारतको जोगबनी–४ टिकुलिया बस्तीमा गोली चल्दा एक जना घाइते भएका हुन् ।

नेपाल प्रहरी स्रोतका अनुसार सोमबार बिहान ४ बजे भारतीय लागूऔषध कारोबारीबीच गोली हानहान भएको  थियो ।

गोली प्रहार हुँदा टिकुलिया वस्तीका ३७ वर्षीय  अंकित सिंह घाइते भएका छन् । उनको मुखमा गोली लागेको छ । भारतीय  नागरिक सिंहको विराट नर्सिङ्ग होममा उपचार भइरहेको छ ।

गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोवार गर्ने  गिरोेहका सदस्य हुन् ।

 

Share: