थप अनुसन्धान जारी

हराएको  १४  दिनपछि मृत फेला

download (10)

 

ओखलढुंगा  / सुनकोशी गाउँपालिका १ बलखुका ५४ वर्षीय नुनबहादुर राई घरबाट बेपत्ता भएको १४ दिनपछि मृत फेला परेका छन् । सुनकोशी गाउँपालिकाको मोलुङ खोला र सुनकोशी नदीको दोभान नजिकै पर्ने सुनकोशी नदी किनारमा मंगलबार राई मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनी चैतको ७ गतेदेखि बेपत्ता थिए । स्थानीयले मंगलबार शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी घटनास्थल पुगेर बेवारिसे शवको बारेमा सोधखोज गर्दा नुनबहादुर राईको रहेको पुष्टि भएको हो । थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेको छ । अनुसन्धानसँगै शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित