सडकको गुणस्तर मापन टोलीलाई अवरोध

thumb-(4)

 

खोटाङ  /  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा निर्मित सडकको गुणस्तर मापनका लागि पुगेको नगरपालिकाको टोलीलाई नमुना संकलनमा अवरोध पुर्‍याइएको छ ।

मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय भवनसम्मको सडक ढलान गुणस्तरहीन भएको उजुरीपछि परीक्षणका लागि पुगेका नगर उपप्रमुख विसन राईलगायतको टोलीलाई उक्त सडक उपभोक्ता समितिले नै आइतबार नमुना संकलन गर्न अवरोध पुर्‍याएका हुन् ।

गुणस्तर परीक्षणका लागि नगरपालिकाले काठमाडौंस्थित हाइटेक ल्याब प्रालिलाई बोलाएर नमुना संकलन गर्न पठाएको थियो । उक्त कम्पनी सम्बद्ध प्राविधिक, नगरपालिकाका प्राविधिक, योजना शाखा, प्रहरीलगायतका टोली पुगेका थिए । नमुना संकलन गर्न नदिएपछि टोली मुचुल्का उठाएर फर्किएका छन् ।

अघिल्लो आर्थिक वर्ष ६८ लाख संघीय सरकारको र वडाको १० लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सडक गुणस्तरहीन भएको भन्दै २०७८ माघ २ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा पनि उजुरी परेपछि नगरपालिकाले भुक्तानी रोकेको थियो । उक्त सडकमा सोलिङ र डन्डीबिनै ढलान गरिएकाले उजुरी परेको स्थानीय जेपी राईले बताए । ‘सडक ढलान गर्दा सोलिङ र रड अनिवार्य रूपमा हुनुपर्ने हो, तर माटोमाथि ढलान गरिएको छ,’ उनले भने ।

स्थानीय हरिकुमार खत्रीको अध्यक्षतामा बनेको उपभोक्ता समितिले २०७८ असोज १८ मा उक्त नगरपालिकासँग सम्झौता गरेको थियो । तर उनी पनि वडा सदस्य भएपछि जगतबहादुर बानियाँलाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको छ । उक्त सडक उकालो र घुम्ती भएकाले ६ इन्चको ढलानले मात्र भार बहन नथेग्ने स्थानीयको भनाइ छ । यसबाहेक विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती, कृषि अनुदानलगायतका विभिन्न विकासे काममा अनियमितता भएको भन्दै प्रशासन, अख्तियारलगायतमा उजुरी परेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन