चौबिसेमा ७५ जनाको आँखाको शल्यक्रिया

 

धनकुटा  चौबिसे गाउँपालिका धनकुटाले विभिन्न संस्थाहरूको सहयोगमा आफ्ना ७५ जना स्थानीय ज्येष्ठ नागरिकको निःशुल्क आँखाको अप्रेसन गरिदिएको छ ।

गाउँपालिकाले यही चैत १० गतेबाट एक हप्तासम्म विभिन्न वडामा सञ्चालन गरेको आँखा शिविरबाट छनौट भएका एक सय ७२ मध्ये ७५ जनाको आँखा अप्रेसन गरिएको हो ।

नेपाल नेत्रज्योति सङ्घ डा.रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति सङ्घ र सेभा फाउण्डेसनको सहयोग तथा चौबिसे गाउँपालिकाको स्थानीय व्यवस्थापनमा उनीहरूको आँखा अप्रेसन गरिएको हो।

गाउँपालिकाले एकहप्ते शिविरमा थप यही चैत्र १८ र १९ गते शिविर सञ्चालन गरेर मोतीविन्दु र आँखामा मासु पलाएका बिरामीहरूको अप्रेसन गरिदिएको हो । उनीहरूको कीर्तिपुर आँखा अस्पताल काठमाडौंका डाक्टर एरिक वैद्यसहित सात जनाको टोलीले उपचार गरेको आँखा अस्पताल धनकुटाका डाक्टर समिर चापागाईंले जानकारी दिए ।

अन्य बिरामीहरूको भने प्रतिकूल मौसम र केही अनियन्त्रित रक्तचापका कारण अप्रेसन हुन नसकेको चापागाईंले जानकारी दिए । मौसम खराब भएको कारण पहिचान भएका सबै बिरामीहरू उपचारमा आइनपुगेको चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले जानकारी दिए ।

‘अप्रेसन राम्रो हुन्न भन्ने गाउँमा गलत हल्ला फैलाइएकोले सबैजना नआएको बुझिएको छ’ लिम्बूले भने, ‘वडा तहमा बाँकी रहेकाहरूको उपचारका लागि कार्यपालिकाको बैठक बसेर थप निर्णय गर्नेछौँ ।’ अप्रेसन गर्नका लागि गाउँ–गाउँबाट आएका बिरामीहरूको बस्नेखानेलगायतका बन्दोबस्त गाउँपाालिकाले गरेको थियो ।

गाउँपालिकामा नै आँखा जाँच केन्द्र सञ्चालन भएको शिविरबाट विशेष गरेर स्थानीय ज्येष्ठ नागरिकहरू जो आर्थिक रूपमा विपन्न थिए, उनीहरू लाभान्वित भएको अध्यक्ष लिम्बूले जानकारी दिए । आफ्ना ७२ वर्षीय बुबा र ६८ वर्षीया फुपूको आँखा अप्रेसन गर्न गाउँपालिका आइपुगेका चौबिसे वडा नं. ३ का नेत्र बरालले यस शिविरबाट आफू ५० हजार भन्दा बढीको आर्थिक भारबाट मुक्त भएको जानकारी दिए ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको