विराटनगर / मोरङमा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालका अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् ।
त्यस्तै झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।