मोटरसाइकल चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ

1680756669_53099

 

मोरङमा मोटरसाइकल चोरी गर्ने दुई भारतीय नागरिकसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवान्गजन गाउँपालिका-३ का १८ वर्षीय राजकुमार यादव, भारतको अररिया लक्ष्मीपुरका २५ वर्षीय सुशिल कुमार यादव र भारतकै पोसदाह पञ्चायतका २५ वर्षीय शौरभ कुमार यादव रहेका छन् ।

उनीहरूले चैत १० गते मोरङस्थित मालपोत कार्यालय अगाडिबाट को २५ प १९४५ नम्बरको मोटरसाइकल चोरी गरका थिए । चोरी भएको उक्त मोटरसाइकलका धनी मोरङको बेलबारी नगरपालिका-४ का ६० वर्षीय बम बहादुर खवास हुन् ।

प्रहरीले चोरी गरी नम्बर प्लेट परिवर्तन गरिएको बिआर ३८ क्यु ८६५६ र बिआर ३८ टि ००२१ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका तीनै जनाविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन