विराटनगर पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुँदै

 

विराटनगर /   विराटनगर महानगरपालिकालाई कोशी प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी भएको छ ।पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि महानगरले सरोकारवालासित बुधबार छलफल गरेको छ । विराटनगरलाई आगामी वैशाख ३ गते पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने महानगरको योजना रहेको छ । मेयर नागेश कोइरालाले पूर्ण खोप सुनिश्चित घोषणाका लागि महानगरले तयारी तीव्र बनाएको बताए ।

मेयर कोइरालाको अध्यक्षतामा भएको छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तथ्य र तयारीका आधारमा अनुगमन गरेर आउने प्रतिवेदनअनुसार पूर्ण खोप सुनिश्चिता भएको पालिका घोषणा गर्नुपर्नेमा जोड दिए । उनले प्रशासनका तर्फबाट महानगरलाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्न सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सबै खोप लगाउनु बालबालिकाको नैसर्गिक अधिकार भएको बताए । उनले पूर्ण खोप सुनिश्चित पालिका हुनु विराटनगर महानगरका लागि विकासको एउटा सूचक भएको उल्लेख गरे । पूर्ण खोपका लागि पूर्वतयारी अन्तिम चरणमा पु¥याएको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । महानगरका १९ वटै वडाका ५ वर्षमुनिका करिब ११ हजार बालबालिकाको जाँच गर्दा ७५ जना बालबालिकामात्रै खोपबाट वञ्चित भएको पाइएको थियो । उनीहरुलाई पनि खोप लगाइसकेको खोप अधिकृत अमरदीपकुमार देवले जानकारी दिए ।

पूर्ण खोप सुनिश्चित हुनका लागि ५ वर्षभन्दा मुनिका सबै बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमले तोकेअनुसारका सबै खोप लगाएको हुनुपर्ने देवले बताए । छलफलमा महानगरका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, समितिका सदस्य सरिता घिमिरे नेपाल, मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहता, महानगरका सामाजिक महाशाखा प्रमुख अर्जुन थपलियालगायतको सहभागिता रहेको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको