टिप्पर र ट्याक्टर ठोक्किँदा एकको मृत्यु

 

मोरङ  /  मोरङको रतुवामाई टिप्पर र ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

उर्लाबारी–आमबारी सडकखण्ड अन्तरगत रतुवामाई १० सोमबारेमा बा १ क ६१६० नम्बरको टिप्पर र को १ त ६५२५ नम्बर ट्याक्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालका अनुसार दुर्घटनामा परी रतुवामाई ४ का ४५ वर्षीय भूषणलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले टिप्पर चालक ३२ वर्षीय विशाल विश्वकर्मालाई नियन्त्रणमा लिएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp