विराटनगर / मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागूऔषधसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका दमक ४ का २७ वर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुलसहित पक्राउ गरेको छ ।
यसैगरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले धरान १७ का २४ वर्षीय समीर जोगीले आफ्नै घरभित्र झोलामा लुकाईछिपाई राखेको प्रतिबन्धित लागूऔषध ट्रामाडोल १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्कीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस्तै, अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र ३ का ३२ वर्षीय राजकुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुलसहित पक्राउ गरेको हो छ । उता, इलामको चुलाचुली गाउँपालिका ४ का २१ वर्षीय मुकेश लिम्बूलाई प्रतिबन्धित लागूऔषध १ सय ३२ चक्कीसहित प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका चारै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।