लागूऔषधसहित एक युवा पक्राउ

 

धरान  धरान–१६ नौलोपथबाट सशस्त्र प्रहरीले भारी परिमाणमा लागूऔषध बरामद गरेको छ । प्रहरीले बुधबार राति सोही स्थानका राजेश परियारको साथबाट भारी परिमाणमा लागूऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प धरानका प्रमुख डिएसपी सुरज रिजालका अनुसार स्पास्पिन ७ सय २३ ट्याब्लेट, ट्रामाडोल ७ सय १८ ट्याब्लेट, गाँजा ५० ग्राम र घरेलु हतियार बरामद गरिएको छ । पक्राउ परेका परियारलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको रिजालले जानकारी दिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp