संखुवासभा : चैनपुर नगरपालिका–१ स्थित बिहीबारे मा बेवारिसे शव फेला परेको छ। बिहीबार बिहान अन्दाजी ३५÷ ४० वर्ष उमेरको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
चैनपुर –१ बिहीबारे स्थित पिलुवाखोलामा एक जना पुरुषको बेवारिसे शव फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक मिलन बस्नेतले जानकारी दिए। उक्त शवको पहिचान नखुलेकाले शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा राखिएको छ।