"शरणार्थीको समस्या"

सक्कली शरणार्थीको प्रश्न ‘नक्कली शरणर्थी बनी हाम्रो अधिकार हनन् गर्नेलाई कुन देशको कस्तो कानुनले कार्वाहि होला ?शरणार्थीको समस्या

 

 

दमक/
झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा मोतीलाल थापाको घर छ । बेलडाँगीको डि वान सुन्य चौवालीस उहाको छाप्रो नम्बर हो । थापा अहिले पनि यहि घरमा हुनुहुन्छ । उहाँका दुई छोरी र श्रीमती यो घरमा बस्नु हुन्छ । तर उहाको यो नाम र ठेगाना राखेर अर्कै व्यक्ति विदेश गएको छ ।

फर्जि कागज बनाएर तेस्रो व्यक्ति पूनःर्वासमा गएपछि उहाँको पूनःर्वासमा जाने चाहनाले यही पूणर्विराम लीयो ।
थापाकी श्रमिती चिङबोइ भन्नु हुन्छ ‘यहा काम गर्न पनि असहज छ । दातृ सस्थाले दिदै आएको सहयोग पनि बन्द भएको छ । छोराछोरी सहित आफुहरु पालिननै मुस्किल छ । हाम्रो विदेश जाने अधिकार पनि अरु कसैले हनन् गरिदियो । हाम्रो भविष्यमा खेलवाड गर्नेहरुलाई कुन देशको कुन कानुनले हुन्छ कार्वाहि हुनु पर्यो । ’
यहि ठाउँका कार्जे लामा शरणार्थीको नाममा कोहि तेस्रो व्यक्ति पूःनर्वासमा जान सक्छ भन्ने कुरा सोच्न पनि सक्नु हुन्न । उहाँ भन्नु हुन्छ ‘न कानुनले मिल्छ न मानवताले दिन्छ कुन तरिकाले त्यसरी जान मिल्छ र ? म त यस्तो हुन सक्छ भन्ने कुरा कल्पनै गर्न सक्दिन ।’
काम गरौ शरणार्थी भनेर क्षमता अनुसारको काम पाइदैन । सस्तो मुल्यमा आफ्नो श्रम बेचेर यहाँ बाँच्नु परिरहेको विवसता सुनाउँदै अर्का शरणार्थी भन्नु हुन्छ ‘ कसैको भाग खोसेर एक छिन पेट अघाए पनि त्यसले भविष्यमा राम्रो गर्दैन । कार्वाहि हुँदा उसको सर्वस्व गुम्ने गरि हुनु पर्छ ।’
यता प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल पनि यस्तो हुँदै नहुने कुरा मानिसहरु पत्याएर आफै ठगीन किन जान्छन् भनेर प्रति प्रश्न गर्नु हुन्छ । ‘ नेपालका भुटानी शरणार्थीहरुलाई तेस्रो देश पूनःर्वास गराउने सस्था आइ ओ एम ले लैजान छोडेको वर्षौ भयो , यहाँ छुटेकाहरुलाई अव लैजान नसकिने भनेर बताइरहेको छ । यस्तो अवस्थामा जुन निकायले उनीहरुलाई लैजाने हो उनीहरुले नै आफ्नो कामबाट हात झिकिसकेभने अव कस्ले लैजान्छ र पत्याएर पैसा दिन्छन् ?’
आफु यस्तो घटना भएको सुन्दा अचम्ममा परेको भन्दै प्रजिअ पोखरेल भन्नु हुन्छ ‘कोहि व्यक्ति तथा समुहले यस्तो अफर ल्याएर आए वा सुनाए भने तुरुन्तै हामीलाई खवर गर्नुहोस त्यो ठगी कार्य हो त्यस्ता ठग तथा गिरोहलाई पक्राउ गरेर कार्वाहि गर्ने जिम्मा हाम्रो भयो । ’

Share: