विराटनगरमा कार र मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु  

20225002580_bikeaccident

 

विराटनगरविराटनगरमा कार र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।शनिबार राति साढे ९ बजे विराटनगर महानगरपालिका ४ नेपाल आयल निगम अगाडि दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका ४ का ४५ वर्षीय शिवकुमार गुरुङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको प्र १–०२–०४० प ३२३२ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा १–०२५ च ५४४६ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा आर्या न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करपछि कार चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन